काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा कार्यक्रम अन्तर्गत देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका विद्यालयहरूका लागि नेपाल एपीएफ स्कुलले शिक्षक माग गरेको छ।
आधारभूत तथा माध्यमिक तहका लागि विभिन्न विषयका २१ जना शिक्षक माग भएको हो। ती विज्ञापनहरूमा ३० दिन भित्र आवेदन पेश गर्न सकिने बताइएको छ।
जसअनुसार प्रधानाध्यापक, अंग्रेजी, गणित, कम्प्युटर, नेपाली, विज्ञान र सामाजिक शिक्षा शिक्षण शिक्षक माग गरिएको नेपाल एपीएफ स्कुलले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल कल्याणकारी सेवा कार्यक्रम अन्तर्गतबाट हाल सप्तरी, बाँके, कञ्चनपुर तथा काठमाडाैंको कीर्तिपुरमा नेपाल एपीएफ विद्यालय सञ्चालनमा रहेका छन्।
नेपाल एपीएफ स्कुल झलारी, कञ्चनपुरका लागि प्रधानाध्यापक माग भएको छ भने अन्य स्कुलका लागि शिक्षक माग भएको हो।