७ हजार घुससहित कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा

HTV Khabar ३२ असार २०८२, बुधवार १०:२८ मा प्रकाशित

काठमाडौं,  यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी घुसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिई गएको टोलीले कार्यालय सहयोगी दिपक पौडेललाई सात हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

पौडेलले सवारी चालक अनुमति पत्रको अनलाइन फारम भरिदिने र लिखित परीक्षा उत्तीर्ण गराई ट्रायल परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस वापत रकम माग गरेको आरोप छ।

उनलाई घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित मंगलवार नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए। उनीमाथि अख्तियारले थप अनुसन्धान थालेको छ।