काठमाडौं, ललितपुरमा पार्किङ गरेर राखेका गाडीहरु श्रृंखलाबद्ध रुपमा चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–३ घर भई ललितपुर महानगरपालिका–२ सानेपा बस्दै आएका २९ वर्षीय गणेश बहादुर गौतम छन्। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले काभ्रे प्रहरीसँग समन्वय गरेर उनलाई काभ्रेको भुम्लु गाउँपालिका–१० बाट पक्राउ गरेको हो।
ललितपुरमा पार्किङ गरेर राखेका बा १५ च ९८२५, बा १२ च ४७०६ र बा ७ च ७७० नम्बरको टाटा कम्पनीको पिकअप गाडीहरु श्रृंखलाद्ध रुपमा चोरी भएको थियो। जसमध्ये बा १५ च ९८२५ र बा १२ च ४७०६ गाडीहरु नैकाप र सतुङ्गलमा बेवारिसे अवस्थामा दुबै गाडीको ब्याट्र निकालिएको अवस्थामा भेटिएको थियो।
तयसैगरी बा ७ च ७७० नम्बरको को पिकअप गाडी इलाका प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानिखोला धादिङबाट नियन्त्रणमा लिइएको परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले बताए। पक्राउ परेका गौतमविरुद्ध चोरीको कसुरमा ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।