काठमाडौं, मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका ४ जना प्रहरी नायव महानिरिक्षकको पदावधि थप गरेको छ।
बालुवाटारमा बसेको बैठकले बैठकले सशस्त्र प्रहरी नायव महानिरिक्षकहरु कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ् र शम्भु सुवेदीको पदावधी एक वर्ष थप गरेको छ।
उनिहरुको पदावधि आज रातिबाट सकिँदै थियो। त्यस्तै बैठकले नेपाल भारत वाणिज्य सचिवस्तर बैठक जनवरी १० र ११ मा हुने पनि निर्णय गरेको छ।