काठमाडौं, गण्डकी प्रदेशको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी दुर्गासिंह चन्दलाई दिइएको छ। उमेरहदका कारण गण्डकी प्रहरी प्रमुख डीआईजी विकासराज खनालले अवकाश पाएसँगै उनको ठाउँमा डीआईजी सिंहलाई पठाइएको हो।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार विहिवार गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजी सिंहलाई गण्डकी प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो।
डीआईजी खनालले वैशाख ७ मा ५६ वर्षे उमेरहदका कारण अवकाश पाएका थिए।हिजै शुक्रवार ६ एसएसपीको सरुवा गरिएको थियो। ८ महिनामै जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्री र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको सरुवा भएको थियो।