सर्लाहीमा मकैबारीभित्र युवकको शव फेला

HTV Khabar १५ वैशाख २०८१, शनिबार ०७:३० मा प्रकाशित

सर्लाही, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा मकैबारीभित्र युवकको शव फेला परेको छ।

स्थानीय रामचन्द्र साहको मकैबारीमा सोही स्थानका सीताराम साहका २० वर्षीय छोरा अरविन्द साहको शव फेला परेको हो। शुक्रवार साँझ घरबाट निस्केका साह शनिवार बिहान मकैबारी भित्र शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

साहको शरीरमा कुनै ठूलो चोट देखिएको छैन। कसरी मृत्यु भएको हो त्यसबारे अनुसन्धान भइरहेको छ।साहको शवलाई पोस्टमार्टम गर्नका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याएको प्रहरीले जनाएको छ।