काठमाडौं, मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाल घुस रकम सहित रङ्गेहात पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले उनलाई ३० हजार रकम सहित रङ्गेहात पक्राउ गरेको हो। उनले जग्गा नामसारी गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागेका थिए।
विशेष सुचनाको आधारमा उनलाई सोमबार सेवाग्राही सँग ३० हजार रकम लिदैगर्दा रङ्गेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।