काठमाडौं, किवानिज ईन्टरनेशनल नेपाल डिष्ट्रिक्ट (K69) अन्तर्गत किवानिज क्लब अफ स्टोरी नेपालको चार्टर हस्तान्तरण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।
डिष्ट्रिक्ट गभर्नर तिर्थकुमार सिंहको प्रमुख आतिथ्यता तथा लेफ्टिनेन्ट ईलेक्ट गभर्नर तथा किवानिज क्लब ह्याप्पी नेपालकि पूर्व अध्यक्ष प्रमिला लामिछानेको सभाध्यक्षता कार्यक्रम आयोजना गरिएको थियो।
क्लबका संस्थापक सचिव सबिन पन्त 'पृथक' ले सञ्चालन गरेको कार्यक्रमका बीच सभाध्यक्ष लामिछानेले स्पोन्सर गरेको क्लब किवानिज स्टोरी नेपालका संस्थापक अध्यक्ष जे.बि.दीपक अधिकारीलाई क्लबको संस्थापन प्रमाणपत्र प्रदान गरेकी थिइन्।
प्रमुख अतिथि तथा डिष्ट्रिक्ट गभर्नर तिर्थकुमार सिंहले क्लबका पदाधिकारी तथा सदस्यहरुलाई पदभारको सपथ ग्रहण गराएका थिए भने अन्य विशिष्ट अतिथिहरुले प्रमाणपत्र प्रदान गर्नुका साथै डिष्ट्रिक्ट पिन लगाएर जिम्मेवारी प्रदान गरेका थिए।
पदस्थापन कार्य तथा शपथ ग्रहण सकिएपछि क्लबका संस्थापक अध्यक्ष जे.बि.दीपक अधिकारीले कार्यक्रमको सभाध्यक्षता गर्दै क्लबबाट गरिने आगामी सेवाका कार्ययोजना प्रस्तुत गरेका थिए।
अध्यक्ष अधिकारीले किवानिज इन्टरनेशनलको मार्गनिर्देशन र उदेश्यअनुरुप बालबालिकाको चौतर्फी विकास र उत्थानका निम्ति आफ्नो क्लबले पूर्ण रूपमा सेवाकार्यलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
चार्टर हस्तान्तरण तथा पदस्थापन कार्यक्रममा किवानिज ईन्टरनेशनल ट्र्स्टी मोहन लम्साल, निवर्तमान डिष्ट्रिक्ट गभर्नर लक्ष्मण लम्साल, गभर्नर ईलेक्ट कृष्णप्रसाद ज्ञवाली, पूर्व गभर्नर एकराज पन्त र भाईस डिष्ट्रिक्ट गभर्नर डा.रामशरण थपलियाको विशिष्ट अतिथिका रूपमा उपस्थिति रहेको थियो।
त्यस्तै डिष्ट्रिक्ट सेक्रेटरी युवराज न्यौपाने, डिष्ट्रिक्ट ट्रेजरर शिवबहादुर काफ्ले, किवानिज चिल्ड्रेन फण्ड चेयरमेन राजनप्रासाद न्यौपाने, डिभिजन नर्थ/वेस्ट रिजन कोर्डिनेटर नम्रता गुरुङ, डिभिजन ३ नर्थ लेफ्टिनेण्ट गभर्नर शारदा गुरुङ, मेम्बरसिप ग्रोथ चेयरमेन रमा प्याकुरेल अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा बोल्दै अतिथिहरुले क्लबलाई किवानिज ईन्टरनेशलको प्रावधान अनुसार सञ्चालन गर्न निर्देशन गर्दै क्लबका पदाधिकारीहरुको जिम्मेवारी अनुसार कार्यकालको लागि शुभकामना दिएका थिए।
