कर्णालीमा हामफालेर हराएका लोकेन्द्र शाहीको शव भेटियो

HTV Khabar १५ चैत्र २०८०, बिहीबार ०५:५३ मा प्रकाशित

काठमाडौं,  चिसापानीस्थित कर्णाली पुलबाट पौडी खेल्न नदीमा हामफालेर सोमवार दिउँसोदेखि बेपत्ता भएका युवकको शव आज भेटिएको छ।

लम्कीचुहा नगरपालिका-३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाहीको शव टीकापुर स्थित सनकट्टी घाटमा भेटिएको प्रहरीले जनाएको छ। होलीको दिन रमाइलो गर्ने क्रममा कर्णाली पुलबाट हाम फालेका १७ युवामध्ये उनी वेपत्ता भएका थिए।