काठमाडौं, रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा युक्रेनको विमान अवतरण भएको छ।
युक्रेनको वोइङ जहाज मंगलवारदेखि विमानस्थलमा पार्किङ भएको हो। गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले विमान १३ गतेसम्म विमानस्थलमा पार्किङ हुने जानकारी दिए।
उक्त विमानमा चालक दलका सदस्यहरू मात्रै रहेका छन्। युक्रेनी कम्पनीको उक्त चार्डड जहाज लिबियामा शान्तिस्थापनार्थ नेपाली शान्ति सैनिक लिएर नेपाल आएको र काठमाडौंमा पार्किङ समस्या र चार्ज पनि तिर्नुपर्ने हुनाले भैरहवा ल्याइएको बताइएको छ।
त्रिभुवन विमानस्थल काठमाडौंना घण्टाको हिसाबले पार्किङको शुल्क तिर्नुपर्ने हुन्छ। तर गौतमबुद्ध विमानस्थल प्रवर्द्धन गर्नको लागि ल्यान्डिङ्ग र पार्किङ्गको शुल्क लिने गरिएको छैन। जेठ १३ गते उक्त विमान भैरहवाबाट काठमाडौँ हुँदै स्वदेश फर्किने बताइएको छ।