काठमाडौं, नेपाल प्रहरीका बढुवा भएका छ जना एआइजीहरूको पदस्थापना गरिएको छ।
चन्द्र कुबेर खापुङलाई केन्द्रिय अनुसन्धान ब्यूरो ‘सीआईबी’मा पदस्थापन गरिएको छ। लालमणी आचार्यलाई कार्य विभाग, कृष्णहरी शर्मालाई प्रशासन विभाग, दान बहादुर कार्कीलाई मानवश्रोत विकास विभाग र राजन अधिकारीलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ।