काठमाडौं, काठमाडौंको ठमेलस्थित एक होटलमा किशोरी बलात्कृत भएकी छन्। सञ्चयकोष भवन नजिकैको होटलमा १९ वर्षीया किशोरीलाई दोलखा घर भएका एकजना पुरुषले बलात्कार गरेका हुन्।
बलात्कारमा संलग्न आरोपी दोलखा घर भएका विदुर शर्मा फरार छन्। उनीविरुद्ध पीडितले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएकी छन्। ४५ वर्षीय शर्माको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए।
वैशाख १९ मा जागिर लगाइदिने प्रलोभन देखाएर होटलमा लगेर आफूलाई बलात्कार गरेको किशोरीले जाहेरीमा उल्लेख गरेकी छन्। आरोपी नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनमा उपसचिव पदमा पराजित भएका थिए।