काठमाडौं, पश्चिम नवलपरासीको बर्दघाटमा पेस्तोलसहित दुईजना पक्राउ परेका छन्। बर्दघाट नगरपालिका–१३ का अजय अहिर र कमल चौधरी पक्राउ परेका हुन्।
अजयले लगाएको पाइन्टमा लुकाएको अवस्थामा कालो रंगको पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला अदालतबाट हात हतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान थालेको छ।