हुण्डीको २१ लाखसहित कारोबारमा संलग्न पाँच जना पक्राउ

HTV Khabar २२ फाल्गुन २०८०, मङ्गलबार ०७:३१ मा प्रकाशित

काठमाडौं,  हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारतको बिहारका २९ वर्षीय रंजित सरार्फ, बिहारकै रवि शंकर सिंह, कृष्णलाल प्रसाद, बाराको कलैयाका ३१ वर्षीय कलामुसदन अन्सारी, बाराकै ३९ वर्षीय मेराजेल हक अन्सारी छन्।


उनीहरुलाई कलैयास्थित अस्पताल रोडबाट प्रहरीले पक्राउ गरेको हो। उनीहरुबाट २१ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेकाहरुविरुद्ध बैंक तथा वित्तिय संस्था सम्बन्धीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।