काठमाडौं, शहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषको कार्यकारी निर्देशकमा इञ्जिनियर विनोद पण्डित नियुक्त भएका छन्।
विकास कोषको कार्यकारी निर्देशकले हिजोदेखि पण्डितले कार्यभार सम्हालेका हुन्। नगर विकास कोष कार्यकारी निर्देशक छनौट समितिले चितवनका पण्डितको नाम सिफारिस गरेको थियो। सोही अनुसार पण्डित नियुक्त भएका हुन्। पण्डित नेपाल इन्जिनियर्स एसोसियसनका महासचिव समेत हुन्।