बूढानीलकण्ठ -११ मा दुईदिने नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

सबिन पन्त 'पृथक' ९ असार २०८१, शनिबार ०७:२३ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ मा आयोजित दुईदिने नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ।

वडासदस्य सम्बर बहादुर गुरुङको संयोजनमा भएको स्वास्थ्य परिक्षण कार्यक्रममा पहिलो दिन नाक, कान र घाँटीको परिक्षण गरिएको थियो भने पुरुषहरूको लागि प्रोस्टेट सम्बन्धि परिक्षण गरि परामर्श दिइएको थियो। परिक्षण पश्चात् नि:शुक्ल औषधि वितरण गरिएको थियो। 

वडा नं.-११ को कार्यालय संगै रहेको कपन स्वास्थ्य चौकीमा आयोजना गरिएको स्वास्थ्य परिक्षण कार्यक्रममा प्रोस्टेटको परामर्शको लागि ह्याम्स अस्पतालबाट डाक्टर आएको र करिब ६५ जनाले सेवा लिएको संयोजक गुरुङले बताए।