एसपी शाहले सम्हाले जिल्ला प्रहरी कार्यालय काभ्रेको कमाण्ड

HTV Khabar २२ वैशाख २०८२, सोमबार ०७:५० मा प्रकाशित

काठमाडौं,  नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको वैशाख १५ गतेको पत्रनुसार सरुवा भएर सोमवार काभ्रेपालञ्चौक पुगेर एसपी कोमल शाहले कार्यभार सम्हालेका छन्। 

एसपी शाह नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा नक्साल काठमाडौबाट जिल्ला प्रहरी कार्यालय काभ्रेको कार्यालय प्रमुख भएर गएका हुन्। कार्यभार सम्हालेका एसपी शाहले मातहतका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन्।