काठमाडौं, सरकारले आज सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीहरुको इद उल फित्रको अवसरमा विहिवार सार्वजनिक बिदा दिन सुचना गृहमन्त्रालयले जारी गरेको हो।
मुस्लिम आयोगको सिफारिसमा गृह मन्त्रालयले बिदा दिने गर्छ। आयोगले आज विहिवारलाई बिदाको लागि सिफारिस गरेको थियो। चन्द्रमा देखिएको दिनलाई आधार बनाएर मुस्लिम आयोगले सार्वजनिक बिदाको लागि सिफारिस गरेको हो। सरकारले यसअघि नै बिदाको क्यालेन्डरमा इद उल फित्रलाई सार्वजनिक बिदामा राखिसकेको छ।