ट्राफिक प्रमुख एसएसपी अधिकारीद्वारा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि रणनीति तयार गर्न निर्देशन

HTV Khabar ५ असार २०८२, बिहीबार ०५:५३ मा प्रकाशित

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले ट्राफिक प्रहरी बृत्त नयाँबसपार्क तथा मातहत कार्यालयहरुको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा एसएसपी अधिकारीले मातहतका कमर्चारीहरुलाई शिष्ट, सभ्य व्यवहार तथा आचरणमा व्यावसायिकता प्रदर्शन गर्दै काम गर्न निर्देशनसमेत दिएका छन्।

ट्राफिक प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै एसएसपी अधिकारीले भने– ‘ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरुले शिष्ट, सभ्य व्यवहार तथा आचरणमा व्यावसायिकता प्रदर्शन गर्दै पूर्ण पेशागत निष्‍ठाका साथ लाग्न जरुरी छ।’

ट्राफिक व्यवस्थापनमा प्रविधिलाई जोड दिन आवश्यक रहेको बताउँदै ट्राफिक प्रहरी प्रममुख एसएसपी अधिकारीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि मौलिक योजना तथा रणनीति तयार गरी अगाडि बढ्न निर्देशन दिएका छन्।