श्रीमतीको हत्या गरेर प्रहरी कार्यालय पुगे श्रीमान

HTV Khabar २० वैशाख २०८१, बिहीबार ०८:१० मा प्रकाशित

काठमाडौं, श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। ३२ वर्षीया श्रीमती अनिसा परियारको हत्या गरेको पक्राउ काठमाडौं महानगरपालिका ६ भुगोलडाँडा डेरा गरी बस्ने ओखलढुङ्गाका सन्तोष परियार पक्राउ परेका हुन्।

उनलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो। श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भन्दै परियार आफै प्रहरी वृत्त बौद्धमा पुगेका थिए।त्यसपछि प्रहरीले उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ।