बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ द्वारा सामुदायिक विद्यालयमा आयोजित लागू औषध/पदार्थ दुर्व्यसनी सम्बन्धि तीनदिने सचेतनामूलक अभियान समापन भएको छ।
वडा सदस्य गङ्गा परियारको संयोजनमा आयोजित सचेतनामुलक अभियानको पहिलो दिन ग्राम शिक्षा मन्दिर विद्यालयका विद्यार्थीहरुलाई, दोस्रो दिन पैयाँटारस्थित यज्ञमति माध्यमिक विद्यालय र तेस्रो दिन जन जागृती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको थियो।
वडाध्यक्ष राजु अधिकारीको अध्यक्षता भएको तीनदिने सचेतनामूलक अभियानमा नार्कोनन नेपालका नागेन्द्र पौडेलले लागू औषध/पदार्थ कसरी कुलतमा परेर दुर्व्यसनी भइन्छ र यसबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण गराएका थिए।
त्यस्तै प्रहरी प्रभाग कपनका प्रहरी सहायक निरीक्षक रमेश जोशीले लागू पदार्थ दुर्व्यसन यसका असरहरु र कानुनी कार्वाहीका सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए। किशोरावस्थाका विद्यार्थीहरु पनि अत्यन्तै उत्साहका साथ प्रशिक्षणमा सहभागी भएका थिए।