प्रदीपजंग केसी रथीमा बढुवा, दर्ज्यानी चिन्ह लगाउन बाँकी

HTV Khabar ९ मंगशिर २०८१, आइतबार १२:३२ मा प्रकाशित

काठमाडौं, नेपाली सेनाका उपरथी प्रदीपजंग केसी बलाध्यक्ष रथीमा बढुवा भएका छन्। विहिवार बसेको मन्त्रिपरिषद बैठकले मध्य पृतना हेटौँडाका पृतनापति समेत रहेका केसीलाई रिक्त रथी पदमा बढुवा गर्ने निर्णय गरेको हो।

अशोकराज सिग्देल प्रधानसेनापतिमा नियुक्त भएपछि गत भदौदेखि नेपाली सेनाको एक रथी पद रिक्त थियो। दुई जना रथीको दरबन्दी रहेकोमा निर्मलकुमार थापा मात्रै कार्यरत थिए।

रथीमा बढुवा भएसँगै केसी २०८३ मंसिर १५ गतेसम्म सैनिक सेवामा रहनेछन्। त्यसपछि उनी रथीको ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकासमा जानेछन्।