नवलपरासी र मकवानपुरका सिडिओ हेरफेर

HTV Khabar ११ फाल्गुन २०८१, आइतबार ११:२४ मा प्रकाशित

काठमाडौं,  गृह मन्त्रालयले मकवानपुर र नवलपरासी पश्चिमको सिडिओ हेरफेर गरेको छ। गृहले नवलपरासी पश्चिममा कार्यरत स्किम श्रेष्ठलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीमा खटाएको छ।

त्यस्तै, रौतहटमा कार्यरत हिरालाल रेग्मीलाई नवलपरासी पश्चिममा पठाइएको हो। यता खोटाङ र ओखलढुंगामा लामो समयदेखि सिडिओ पद रिक्त छ।