काठमाडौं, स्वास्थ तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले १४ बर्ष मुनिका क्यान्सर बिरामीहरुलाई औषधि सहित अस्पतालमा भएका सम्पुर्ण उपचार नि:शुल्क गर्ने कार्यको शुभारम्भ गरेका छन्।
भक्तपुर क्यान्सर अस्पतालमा १४ बर्ष मुनिका बालबालिकालाई हुने क्यान्सर रोगका बिरामीहरुलाई औषधि सहित अस्पतालमा सम्पूर्ण उपचार नि:शुल्क गर्ने प्रतिबद्धता उनले पहिलेनै गरेका थिए। उक्त प्रतिबद्धताको पालना गर्दै माननीय स्वास्थ तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शुभारम्भ गरेको कार्यको सबैतिरबाट प्रशंसा भएको छ।
मन्त्री पौडेलले नेपाली नागरिकको स्वास्थ्यका लागि आवश्यक पर्ने कुनैपनि कार्यगर्न पछी नपर्ने यसअघि नै बताई सकेका छन्।