आज हुने संसद् बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

HTV Khabar १८ माघ २०८१, शुक्रबार ०६:३७ मा प्रकाशित

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रवार संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन्।

शुक्रवार शुरू हुने संसद्‌को हिउँदे अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्।

उनले संसद् भवन नयाँ बानेश्वरमा दिउँसो साढे १ बजे प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा अन्य राजनीतिक दलका नेताहरूले पनि बोल्ने कार्यसूची छ। नेकपा माओवादी लगायतका विपक्षी दलहरूले सरकारले हालै ल्याएका अध्यादेशको चर्को विरोध गर्ने तयारी गरेका छन्।