रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित

HTV Khabar ३ चैत्र २०७९, शुक्रबार ११:३२ मा प्रकाशित

रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन्।

संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए। उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे।

उनले  ३० हजार ३२८ मतभारसहित निर्वाचित हुँदा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य दोस्रो मतभारसहित पराजित भएकी छन्।

यादवले प्रदेशतर्फको ३२९ मत र संघतर्फको १८४ मत पाएका छन्।एमाले उमेदवार शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फको १०४ मत पाएकी छन्। उनले पाएको कुल मतभार १६ हजार ३२८ हुन्छ।

यस्तै जनमत पार्टीका तर्फबाट उमेदवार बनेकी ममता झाले संघतर्फको २३ र प्रदेशतर्फको १५ मतसहित कुल दुईहजार ५३७ मतभार पाएकी छन्। 

प्रमिला कुमारीले भने प्रदेशतर्फको एक मत पाएकी छन्। उनले सार्वजनिक विज्ञप्तीमार्फत् आफ्नो उमेद्वारी फिर्ता लिएपनि कानुनी रुपमा उनको नाम भने कायम थियो।