काठमाडौं, आज विहिवार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ भाउ रहेको थियो।
चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २० रुपैयाँ कायम भएको छ।