सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

HTV Khabar १६ कार्तिक २०८०, बिहीबार १२:५२ मा प्रकाशित

काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी  महासंघले आज सुन तोलामा ७०० रुपैयाँले बढेको जनाएको छ। 

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। यसअघि बुधवार छापावाल सुन तोलाको एक लाख १५ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीमा २० रुपैयाँले बढेर प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।