विराटनगरमा कुटपिट गरी एकको हत्या, होटल सञ्‍चालक पक्राउ

HTV Khabar १८ असार २०८१, सोमबार ०३:२४ मा प्रकाशित

काठमाडौं, विराटनगरमा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले होटल सञ्‍चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका– १९ बैजनाथपुरमा होटल सञ्‍चालक ३५ वर्षीया लिलादेवी ऋषिदेव रहेका छन्।

शनिवार बेलुका होटल सञ्‍चालक महिला लिलादेवीले सोही ठाउँ बस्‍ने बैजनाथपुरका ५० वर्षीय बीरवल गोसाइलाई कुटपिट गरेकी थिइन्। घरमा लगेको केही समयपछि उपचारका लागि कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनको पोस्टमार्टमपछि थप विषय खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।