काठमाडौं, नेपाल मेडिकल काउन्सिलले शुक्रवार र शनिवार (साउन १७ र १८) लिएको चिकित्सकको विशेष परीक्षामा काउन्सिलका अनुसार यसपटक ९१.४५ प्रतिशत उत्तीर्ण भएका छन्।
उत्तीर्ण भएको प्रतिशत सम्भवत अहिलेसम्मकै बढी हो। काउन्सिलका रजिष्ट्रार डा.सतिशकुमार देवका अनुसार कुल ९७० जनाले फारम भरेपनि ९६६ जना सहभागी थिए। ती मध्ये ८७८ जना (९१.४५ प्रतिशत) उत्तीर्ण भएका छन्। ६ जनाको नतिजा विथहेल्डमा राखिएको छ।
यसपटक परीक्षामा कुल ४० विषयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए। यसपटक फ्रेस विद्यार्थीहरू आएको र डिएमएमसीएचको तयारीमा रहेका पनि सहभागी भएकोले नतिजा राम्रो आएको काउन्सिल जनाएको छ। परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा दुई दिन दुई सिफ्टका दरले सञ्चालन गरिएको थियो।