काठमाडौं, स्पार्क एडुकेयर, लायन्स क्लब तथा लियो क्लब अफ काठमाडौं टि कपनको संयुक्त आयोजनामा बालबालिकाको लागि नि:शुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नं.-६ च्यासिन्डोलस्थित स्पार्क एडुकेयर प्रिस्कुलको प्राङ्गणमा डाक्टर अन कल नेपालको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य सिविरमा ६७ जना सानासाना बालबालिकाको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको हो।
कार्यक्रममा स्पार्क एडुकेयर प्रिस्कुलका संस्थापक प्रिन्सिपल विनोद थापा, एलि बस्नेत, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालका ब्राण्डिङ्ग हेड सबिन पन्त 'पृथक', लियो क्लब अफ काठमाडौं टि कपनका अध्यक्ष संयोग पन्त, सुयोग पन्त, सुमन भण्डारी, रोजित देउजालगायत अभिभावकहरुको बाक्लो उपस्थिति रहेकोे थियो।
विश्व प्रहरीको संगठन ईन्टरपोलको प्रतिनिधित्व गर्दै भर्खरै मात्र विश्वको सर्वोच्च शिखर सगरमाथामा झण्डा फहराएर पहिलो कीर्तिमानी राख्न सफल नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम सानुको नि:शुक्ल स्वास्थ्य सिविरमा उपस्थिति महत्त्वपूर्ण रहेको थियो।
ठुला मानिसहरुको लागि मात्रै नभएर सानासाना बालबालिकाको स्वास्थ्य प्रति उदार भाव राख्दै यसरी नि:शिल्क स्वास्थ्य सिविर आयोजना गर्नु अत्यन्तै उदाहरणीय कार्य भएको बताउँदै प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम सानुले स्पार्क एडुकेयर तथा लायन्स, लियो क्लब र कल अन डाक्टर नेपाललाई धन्यवाद दिएका थिए।
