काठमाडौं, नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला शाखाद्वारा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ।
नृत्य निर्देशक संघ काठमाडौं जिल्ला शाखा कार्यवाहक अध्यक्ष सरस्वती पोखरेलको सभापतित्वमा काठमाडौं महानगपालिका- ६ सरस्वती नगरस्थित वेलकम पार्टी प्यालेसमा आयोजित कार्यक्रममा वरिष्ठ चलचित्र नृत्य निर्देशक तथा काठमाडौं जिल्ला शाखाका सल्लाहकार कमल राई विशेष अतिथिका रूपमा उपस्थित रहेको शाखाकी सदस्य समृद्धि पन्तले बताइन।
संघका सहसचिव लक्ष्मी पुरीले सञ्चालन गरेको कार्यक्रममा बाढीपीडितको सहयोगार्थ नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला शाखाको तर्फबाट नृत्य संघ नेपालका आर्थिक संयोजक चुडामणि फुयाललाई संघका कार्यबाहक अध्यक्ष सरस्वती पोखरेल र कोषाध्यक्ष निरु फुयालले रु ५००५/- हस्तान्तरण गरेका थिए।
कार्यक्रममा अतिथिका रूपमा केन्द्रीय सहकोषाध्यक्ष केशव कोईराला कार्यसमिति सदस्यहरुमा बुद्ध लामा ,महेन्द्र निरौला ,संगिता खड्गी, प्रमिला कार्की, वागमती प्रदेशका अध्यक्ष कल्पना रचाल, सचिव पवि कर्माचार्य, सहसचिव प्रनेश श्रेष्ठ, भक्तपुर जिल्ला शाखाका अध्यक्ष नारायणी थापामगर, निवर्तमान अध्यक्ष चुडामणि फुयाल उपस्थित थिए।
त्यस्तै तारकेश्वर नगर कमिटीका अध्यक्ष टेक छिरिङ लामा, सचिव पारस अधिकारी, गोकर्णेश्वर नगर कमिटीका सचिव अभि वाग्ले, नागार्जुन नगर कमिटी अध्यक्ष राज श्रेष्ठ र सचिव खिम मगर अतिथिका रूपमा उपस्थिति रहेको थियो भने एनडिए डान्स स्टुडियोका अध्यक्ष देवराज गुरुङ साथै समाजसेवी माधव त्रिपाठीको उपस्थित रहेको थिए।