काठमाडौं, मकवानपुरमा खहरे खोलाले बगाएका एक व्यक्तिको जिवितै उद्धार भएको छ।
मकवानपुरगढी गाउँपालिका–१ फुलबारीस्थित तमुनी खहरे खोला तर्नेक्रममा बहाव बढेर बगेका अन्दाजी ४४ वर्षीय बिवय सिंह भोम्जनको प्रहरीले उद्धार गरेको हो।
काठमाडौंबाट फुलबारी घर फर्किँदै गर्दा शुक्रवार साँझ ७:३० बजेतिर खोलामा पानीको बहाव अचानक बढ्दा करिब १०० मिटर तल बगाएका थिए।
घाइते अवस्थामा भेटिएका उनलाई प्रहरी चौकी ठुलोडमार, मकवानपुरबाट प्रहरी नायव निरीक्षक रिमा कोईरालाको नेतृत्वमा गएको ४ सदस्यीय टोलीले राति ८:२० बजे उद्दार गरी हेटौँडा अस्पताल पठाएको छ। लामाको टाउको र हातमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।