काठमाडौं, प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन्। प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो। निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन्।
इन्स्योरेन्स सदस्यहरूमा सञ्चालकको तर्फबाट मिजास भट्टचन, राहुल थोकर लामा र शान्ता गौतम चयन भएका छन् भने सर्वासाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन्।
नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष समेत रहेका मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन्। उनले अन्य विभिन्न व्यावसायिक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरिरहेका छन्।
प्रभु इन्स्योरेन्सको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए। निर्जीवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवम् व्यावसायिक हितका लागि आफूले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ।