गायक अर्जुन गुरुङको स्वरमा ‘पिरतीको डोरी ’ सार्वजनिक

HTV Khabar ७ फाल्गुन २०८१, बुधवार ०७:५२ मा प्रकाशित

काठमाडौं, गायक अर्जुन गुरुङ र गायिका लक्ष्मी परियारको स्वरमा ‘पिरतीको डोरी ’ सार्वजनिक भएको छ।

आफनी प्रेमीकालाई गायकले आफनो निस्वार्थ प्रेममा कुनै शंका नगर्नको लागी आग्रह गरेका छन्। भावनात्मकरुपमा प्रेमको सम्वन्ध कालान्तर सम्म जिवित हुने कुरामा गायकले गायिकालाई विश्वास्त पार्न खोजिएको छ।

अर्जुन गुरुङको शब्द तथा लय सिर्जनामा रहेको गीतमा प्रेमील भावहरु भेटन सकिन्छ। उत्तम हुमागाईँको छायाँकन, राजेन्द्र पुरी र अर्जुन थापाको सम्पादन रहेको गीतमा शिशिर बुढाथोकी को निर्देशनमा भिडियो तयार गरिएको छ। गीतमा दिपेन्द्र गिरी ,आभा थापाको अभिनय रहेको छ।