अन्तर्राष्ट्रिय छवि फैलाउँदै ईन्टरनेशनल जोसेफ पब्लिक स्कुल,अन्तर्राष्ट्रिय स्कुल लिडरशिप अवार्ड २०२४ अष्ट्रेलिया बाट सम्मानित

HTV Khabar ८ कार्तिक २०८१, बिहीबार ०८:२५ मा प्रकाशित

काठमाडौं, काठमाण्डौ महानगरपालिका वडा नं. ६, महाङ्काल, शान्तिनगर अवस्थित ईन्टरनेशनल जोसेफ पब्लिक स्कुल शैक्षिक, अतिरिक्त क्रियाकलापका साथै शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय स्कुल लिडरसिप अवार्ड अष्ट्रेलिया २०२४ बाट सम्मानित भएको छ।

नेपालको शिक्षा क्षेत्रमा लामो समयदेखि गरेको योगदानको उच्च मुल्यांकन गर्दै कलेज रिडर नामक संस्थाले ईन्टरनेशनल जोसेफ पब्लिक स्कुललाई स्कुल लिडरशिप अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको हो।

अष्ट्रेलियाको राजधानी क्यान्बेराको अष्ट्रेलियन नेशनल युनिभर्सिटीमा आयोजित समारोहमा नेपालका लागि अष्ट्रेलियन राजदुताबासका प्रतिनिधि, अष्ट्रेलियन नेशनल युनिभर्सिटिका प्रतिनिधि,एनआरएन अष्ट्रेलियाका प्रतिनिधि, मधेश विश्वविद्यालयका भिसि, हिसानका उपाध्यक्ष लगायत शिक्षाविद सहित कलेज रीडरका संरक्षक र प्रबन्धक जितेन्द्र घिमिरेले एक कार्यक्रमका बीच उक्त अवार्ड प्रदान गरेका हुन। 


अन्तर्राष्ट्रिय अवार्ड पाएपछि अष्ट्रेलियाबाट प्रतिक्रिया दिदै ईन्टरनेशनल जोसेफ पव्लिक स्कुलका प्राचार्य होम बहादुर अधिकारी  मनोजले भने, 'शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै  स्कुल लिडरशिप अन्तर्राष्ट्रिय अवार्ड  पाउंँदा निकै उत्साहित भएको र थप जिम्मेवारी र दायित्व पनि महसुस गरेको छु।' 


यस्तो किसिमको अर्वाड शिक्षा क्षेत्रमा अग्रस्थानमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  क्षेत्रमा कामगर्ने विद्यालय, उच्च शिक्षालयहरु मध्येबाट उत्कृष्ट विद्यालय र कलेजलाई प्रदान गरिदै आएको कलेज रिडरले जनाएको छ। शिक्षाको गुणस्तर, स्कुलको भौतिक पूर्वाधार, कार्यदक्षता र सामाजिक कार्यको मुल्यांकन गर्दै जोसेफ कलेजलाई उक्त अवार्डबाट सम्मानित गरिएको संस्थाले जनाएको छ।


जोसेफ कलेजले आगामी दिनमा जापानमा रहेका युनिभर्सिटी र विद्यालयहरुसंग शैक्षिक, प्राविधिक, सांस्कृतिक, अतिरिक्त क्रियाकलाप र भाषाको सहयोग आदानप्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ।


जापानका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुवेदी, एभरेष्ट ईन्टरनेशन स्कुल जापानको तर्फबाट प्राचार्य बिष्णु भट्ट र जोसेफ कलेजको तर्फबाट कलेजका सहायक  प्राचार्य होम बहादुर अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

यस सम्झौतासंगै जोसेफ एडुकेसनल नेटवर्कको सातवटा राष्ट्रहरुसंग अन्तर्राष्ट्रिय शैक्षिक तथा सांस्कृतिक सम्बन्ध विस्तार भएको जोसेफ कलेजका प्राचार्य होम बहादुर (मनोज) अधिकारीले बताए।