बागमती प्रदेश कश्यप गोत्रीय अधिकारी प्रतिष्ठानको प्रथम अधिवेशन सम्पन्न

सबिन पन्त 'पृथक' २० माघ २०८१, आइतबार ०३:४९ मा प्रकाशित

काठमाडौं, कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान बागमती प्रदेशको पहिलो अधिवेशन सम्पन्न भएको छ।

बूढानीलकण्ठ नगरपालिका वडा नं.-१० मिलनचोकस्थित जोसेफ हाईस्कुलको सभाकक्षमा भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनले  अधिवेशनले बलराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ।

समितीको उपाध्यक्षमा होम बहादुर अधिकारी (मनोज), महिला उपाध्यक्ष रमा अधिकारी, सचिव शिवम अधिकारी, कोषाध्यक्षमा राजन अधिकारी, सहसचिव दीपकप्रसाद अधिकारी चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा हेमा अधिकारी, प्रवीण अधिकारी, हरिशंकर अधिकारी, लेखनाथ अधिकारी, प्रदिप अधिकारी, कृष्णबहादुर अधिकारी, मनहरि अधिकारी, राजेन्द्र प्रसाद अधिकारी, कुमार अधिकारी, हरिकृष्ण अधिकारी, केशवप्रसाद अधिकारी, महिला सदस्य बबि अधिकारी, महिला सदस्य स्मृती अधिकारी छन्। 

त्यस्तै पुरुष सदस्य रामचन्द्र अधिकारी, खेमराज अधिकारी, काठमाण्डौं, बिमल अधिकारी, ,महिला सदस्य पबित्रा अधिकारी, मनोनित सदस्य बिमल अधिकारी, मनोनित सदस्य दाताराम अधिकारी रहेका छन्। 

प्रमुख अतिथि मन्त्री अधिकारीले अधिकारी वंशबाट राष्ट्रका लागि विभिन्न तह र तप्कामा रहेर योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरेका थिए। जसमा न्यायाधिस माधवप्रसाद अधिकारी,  प्रा.डा.चन्द्रमणी अधिकारी, नेपाली सेनाका उपरथी अच्यूतप्रसाद अधिकारी, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलाई सम्मान गरिएको थियो। 

त्यस्तै गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी, टिचिङ हस्पिटलका उप प्राध्यापक डक्टर सुमन अधिकारी, नृत्य निर्देशक समन अधिकारी र समाजसेवी राम बहादुर अधिकारी वरिष्ठ पत्रकार याे बेला डट कमका प्रधान सम्पादक चेतन अधिकारी लगायतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, संविधासनसभा पूर्व सदस्य शंकरनाथ अधिकारी, प्रतिष्ठानका केन्द्रका अध्यक्ष नरेन्द्रकुमार अधिकारी पनि विशेष अतिथी रहेका थिए।

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले प्रतिष्ठानले अधिकारी वंशको हक हितका लागि काम गर्नुपर्ने बताए। उनलेे जातीय इतिहास खोजीका लागि पनि काम गर्नुपर्ने बताउँदै यसका लागि आफू सदा सकारात्मक रहेको खुलाएका थिए।

नवगठित कार्य समितीको अवधी तीन वर्षको रहने काठमाडौं जिल्ला समितिका अध्यक्ष प्रमोद अधिकारीले एचटिभी खबरलाई बताए।