चितवनबाट ३८० किलो अवैध गाँजासहित दुई भारतीय पक्राउ

HTV Khabar ५ पौष २०८०, बुधवार ०८:१७ मा प्रकाशित
चितवन, चितवनबाट करिब ३८० किलो अवैध लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले भरतपुर महानगरपालिका–१, आँपटारीबाट उनीहरुलाई पक्राउ गरेको हो।


पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल रहेका छन्।प्रहरीले जेएच–०२ डब्लू ९६३१ नम्बरको भारतीय ट्रकलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको थियो।


ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाएर २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गिरी चालक र राजपाल सहचालक हुन्। उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ।