सशस्त्र प्रहरीको दक्षिणकाली गणलाई ललितपुर महानगरद्धारा नगद पुरस्कार

HTV Khabar ३१ मंगशिर २०८२, बुधवार ०७:३५ मा प्रकाशित

काठमाडौं,  ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ द्वारा सम्मान गरिएको छ।

बुधवार पुल्चोकस्थित महानगरपालिकाको प्रांगणमा विपद् व्यवस्थापन तथा उद्धार कार्यहरूमा गणले पुर्‍याएको योगदानको कदर स्वरूप महानगरपालिकाले १ लाख रुपैयाँ नगदसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई सम्मानपत्र प्रदान गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, सोही महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति थियो।