मोदीले दिलाए युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रुसी नागरिकता र क्षतिपुर्ति

HTV Khabar २८ असार २०८१, बिहीबार ०१:१० मा प्रकाशित

काठमाडौं, युक्रेनविरूद्धको युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रूसले क्षतिपूर्ति दिने प्रक्रिया सुरू गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रूस भ्रमणका क्रममा युद्धमा मारिएका भारतीय नागरिकका परिवारलाई रूसी नागरिकता दिने सहमतिसमेत भएको बताइएको छ।

रूस सरकारले युक्रेनमा मारिएका परिवारलाई कुल क्षतिपूर्ति रकम १ करोड ३० लाख रूपैयाँमध्ये पहिलो किस्ताबापत ४५ लाख रूपैयाँ पठाइसकेको र बाँकी केही दिनमै पठाउने जनाइएको छ।

रूसमा भारतीयलाई पठाउने गिरोहका चार जनालाई सीबीआईले पक्राउ गरिसकेको छ। त्यहाँ जाने अधिकांश हैदरावाद, कर्नाटक, उत्तर प्रदेश, कश्मीर, पन्जाब, कोलकातालगायतका स्थानका नागरिक भएको बताइएको छ।