हाजिर भएको एक घण्टा नबित्दै प्रशासकीय अधिकृतको सरुवा

HTV Khabar २२ वैशाख २०८०, शुक्रबार १२:२३ मा प्रकाशित

सर्लाहीको हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको हाजिर भएको एक घण्टा नबित्दै  सरुवा भएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत शाखा अधिकृत शम्भु यादवलाई १४ वैशाखमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काजमा खटाएको थियो।

यादव १७ वैशाखको दिउँसो १२ बजे हाजिर हुन पुगे तर हाजिर भएको एक घण्टा पछि उनी फर्किनुपर्‍यो। किनभने संघीय मामिला मन्त्रालयले साविककै जिम्मेवारीमा फर्किन भन्दै लेखेको पत्र पाएपछि उनी मुख्यमन्त्री कार्यालयमै फर्किएका छन् ।