काठमाडौं, देशभरिका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन नेपाल प्रहरीले अनुरोध गरेको छ।
प्रहरी प्रधान कार्यालयले आज विहीवार एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो। भदौ २३ देखि जेनजीले सुरु गरेको प्रदर्शनको क्रममा प्रहरीका विभिन्न कार्यालय र इकाइ तथा कारागारमा भएको तोडफोड र आगजनी पछि फरार भएका कैदीबन्दीहरूलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको हो।