गोदावारीमा कौडा १० जना समातिए, खालमा भेटियो ८ लाख रुपैयाँ

HTV Khabar १० कार्तिक २०८०, शुक्रबार ०३:११ मा प्रकाशित
काठमाडौं, ललितपुरको गोदावरी नगरपालिका-५ लेलेमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

नविन सिलवालको घरमा जुवा खेलिरहेका सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र महत समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले ७ लाख ९९ हजार रुपैयाँ रुपैयाँ फेला पारेको छ। यस्तै, खालबाट १६ थान कौडा, ९ बुक तास र १० थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।