काठमाडौं, मोबाइल र इन्टरनेट सेवाका लागि गुणस्तर सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल दूरसञ्चार प्राधिकरण र ग्रेट एडु सर्भिस काठमाडौंद्वारा आयोजना गरिएको उक्त कार्यक्रम चितवन स्थित भरतपुरमा सम्पन्न भएको हो।
कार्यक्रम भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उनले कार्यक्रममा सम्बोधन गर्दै मोबाइल र इन्टरनेट सेवा सम्बन्धि कार्यक्रम सेवाग्राही समक्ष गर्न राम्रो कुरा भएको बताईन्। उनले केही स्थानमा समस्या भएपनि अधिकांस क्षेत्रमा सेवा पुग्दा सर्वसाधारण लावान्वित भएको धारणा राखिन्।
नगरप्रमुख दाहालले धेरै टाडा नगई आफ्नै घरमा समेत मोबाईल फोनमा गुणस्तरिय नेटवर्क नभएको बताईन्। यस्ता विविध खालका समस्या समाधान गर्न नेपाल टेलिकमले ध्यान दिनुपर्ने उनको भनाई थियो।
नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक मिन प्र्रसाद अर्यालले जिल्लामा भएका विविध समस्या समाधान गर्न पहल गर्ने धारणा राखे। उनले सामान्य समस्या आएपनि हाल देशभरका सबै जिल्लामा गुणस्तरिय सेवा प्रदान गर्दै आएको बताए। उनले आगामी दिनमा देखियका केही समस्या पनि आउन नदिने प्रतिवद्धता जनाए।
ग्राहकलाई प्रदान गर्ने सेवाको गुणस्तर कतिसम्म लैजान सकिन्छ भनेर नेपाल विद्युत प्राधिकरणले निरीक्षण, अनुगमन गर्ने गरेको समेत निर्देशक अर्यालले जानकारी दिए।
मोबाइल सेवा प्रदायक संंस्थाले सेवा प्रदान गर्दा गर्नुपर्ने गुनासाहरु केके हुन् ? विद्यमान समस्या के कस्ता छन् यीनलाई सम्बोधन गर्ने गरी र ग्राहकको हक हितलाई सहज हुने गरी दुरसंचार सेवाको विनियमावली २०७९ जारी गरेको निर्देशक अर्यालको भनाई थियो।
त्यसैगरी कार्यक्रममा आईटी विज्ञ तथा क्वालिटी अफ सर्भिसको क्षेत्रमा विगत डेढ दशकदेखि काम गर्दै आएका नविन अर्यालले मोबाइल सर्भिस र इन्टरनेट सम्बन्धि प्रस्तुतिकरण दिएका थिए।
कार्यक्रममा उपस्थित सर्बसाधारण जनताले मोबाइल तथा इन्टरनेट सम्बन्धि राखेका प्रश्नको जवाफ नेपाल दुरसञ्चार प्राधिकरण उपनिर्देशक दिनेश मैनाली, नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर चन्दन झा, इन्टरनेट सर्भिस प्रोभाईडर अफ नेपालका प्रतिनिधि र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिले छलफलमा सोधिएका प्रश्नको जवाफ दिएका थिए।