काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ मा अवस्थित रहेको मधुसूदन भण्डारी स्मृति प्रतिष्ठानको आयोजनामा रक्तदान कार्यक्रम हुनेभएको छ।
बूढानीलकण्ठ नगरपालिका वडा नं.-११ पैयाँटारमा आयोजना हुने रक्तदान कार्यक्रममा अरु विभिन्न संस्था को पनि सहभागिता रहने अधिवक्ता सन्तोष भण्डारीले एचटिभी खबरलाई जानकारी दिएका छन्।
नेपाल मानवअधिकार समाज, राजनीति शास्त्र अध्ययन तथा अनुसन्धान केन्द्र, नेपाल कानून, न्याय, मेल मिलाप तथा मध्यस्थता समाज, नेपालको समेत सहभागिता रहने उक्त कार्यक्रममा सहभागि भइ रक्तदान गरि जीवन रक्षा गर्न भण्डारीले अनुरोध गरेका छन्।