८ वटा सकेट बम डिस्पोज, ९७ नाल हतियार बरामद

HTV Khabar २५ भाद्र २०८२, बिहीबार ०७:२४ मा प्रकाशित

काठमाडौं,  काभ्रेपलालाञ्चोकको बनेपा-९ स्थित नयाँ बस्तीमा फेला परेको ८ वटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ।

त्यस्तै सुन्धारा स्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दीहरु, डोटीको दिपायल सिलगढी स्थित बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दीहरु, धादिङ स्थित गजुरीमा रहेको धादिङ कारागारबाट भागेका ३९ जना कैदीहरू र बाँकेको डडुवा स्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दीहरु नियन्त्रणमा लिइएको छ। 

बाँकेको नेपालगञ्ज स्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सो क्रममा १ जना कैदी घाइते भएका छन्। हालसम्म विभिन्न स्थानहरूबाट ९७ नाल हतियारहरू बरामद भएको नेपाली सेनाले जानकारी दिएको छ।