लुम्बिनी बिकास बैंकमा सीइओको सेवा सुविधामा मनपरी, राष्ट्र बैंकले गरायो सचेत

HTV Khabar १३ कार्तिक २०८२, बिहीबार ०८:३४ मा प्रकाशित

काठमाडौं, सीइओको सेवा सुविधामा मनपरी गर्ने लुम्बिनी बिकास बैंकलाई राष्ट्र बैंकले संचालक समितिलाई सचेत गराएको छ। स्थलगत निरीक्षणका क्रममा कैफियत भेटेपछि राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो।

स्थलगत निरीक्षणमा लुम्बिनी विकास बैंक सञ्चालक समितिले सीईओलाई दोस्रो कार्यकालको लागि पुनर्नियुक्ति गरेको केही समय सेवा सुविधा वृद्धि गरेको पाएपछि केन्द्रीय बैंकले तत्कालीन सञ्चालक समितिलाई सचेत गराएको हो। पछिल्लो समय बैंक विभिन्न विवादमा पर्दै आएको छ।