काठमाडौं, गैँडाकोटमा रहेको मौलाकाली केबलकारको मर्मत–सम्भार आजबाट सुरु भएको छ।
गत भदौ २४ गते ‘जेन जी’ आन्दोलनका क्रममा यस केबलकारमा आगजनी गरिएको थियो। त्यसयता लगातार ६० दिनदेखि मौलाकाली केबलकारको सेवा बन्द रहेको छ।
केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार अस्ट्रियाबाट आएका प्राविधिक इन्जिनियरले केबलकारको मर्मत तथा पुनर्निर्माणको काम सुरु गरेका हुन्। आगजनीका कारण तल्लो स्टेशन र केबल तान्ने तार दुवै क्षतिग्रस्त भएका थिए।
आइएमई समूहका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालको करिब दुई अर्ब रुपैयाँ लगानीमा बनेको यो केबलकार साढे दुई वर्षअघि सञ्चालनमा आएको हो।