७ करोड ठगेको आरोपमा काठमाडौं –४ का पूर्व वडाअध्यक्ष पक्राउ

HTV Khabar २८ पौष २०८१, आइतबार ११:०७ मा प्रकाशित

काठमाडौं,  जग्गा सम्बन्धी ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नम्बर–४ का एकजना पूर्व वडाअध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।

पूर्व वडाध्यक्ष मोहनबहादुर विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले लाई बताए।

५८ वर्षीय विष्ट शनिवार बिहान शंखपार्कबाट पक्राउ परेका हुन्। उनी नेकपा (एमाले) का तर्फबाट २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका थिए।

विष्टसहित ३ जनाले धर्मस्थलीमा रहेको जग्गा दिन्छौँ भनेर बैना लिएको तर, सो जग्गा अरूलाई नै बेचेर ठगेको आरोप छ।