काठमाडौं, प्रहरीले काठमाडौं महानगरपालिका –३२ स्थित पुरानो सिनामंगलबाट राजस्व छली गरेको विद्युतीय सामग्री सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक ३८ वर्षीय यु वाङ छन्। चीनको स्यान्डोङ घर भएका वाङलाई २ करोड १९ लाख ७६ हजार मूल्य पर्ने विद्युतीय सामाग्री सहित पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए।
आरोपीले लुकाएर राखेको अवस्थामा प्रहरीले ल्यापटपका पाटपुर्जा, सिसी क्यामेरा, एचडी क्यामेरा र ब्याट्री लगायतका भन्सार छलिको सामान प्रहरीले बरामद गरेको छ। उनलाई थप अनुसन्धान र कारबाहीको लागी राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए।